कम्युनिष्ट जस्तो धोकेवाज र गफको भरमा काँग्रेस कहिल्यै नलाग्ने : नेता बानियाँ

तु खबर संवाददाता
२०७६ जेष्ठ २४, शुक्रबार १७:४३

मकवानपुर २४ जेठ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनकाललाई नेपाली जनताले मन नपराएको बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा हेटौँडा–१८, गुम्बाडाँडामा भएको जनजागरण अभियानलाई प्रस्ट पार्दै नेता बानियाँले विश्वबाट पलाएन भएको कम्युनिष्ट नेपालबाटसमेत पलायन हुने संघारमा पुगेको बताए ।

काँग्रेस अब कम्युनिष्ट सरकारले लाद्न खोजेको निरंकुशताविरुद्ध एक भएर लाग्दै जनताको घरदैलोमा गैरहेको बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो धोकेवाज र गफको भरमा कांग्रेस कहिल्यै नलाग्ने बताए ।

यो कम्युनिष्ट सरकार काण्डैकाण्ड, भष्ट्राचार, बलत्कार, महंगी बढाएर आश्वासनमात्रै दिंदै रुमल्लिरहेकोले ५ वर्षपनि टिक्न नसक्ने अवस्था आएको नेता बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*