कम्युनिष्टहरु झुटको खेतिमा माहिर : नेता केसी

तु खबर संवाददाता
२०७६ जेष्ठ २४, शुक्रबार १७:२६

मकवानपुर २४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले कम्युनिष्टहरु झुटको खेति गर्न एकदमै माहिर रहेको बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय समितिको आयोजनामा हेटौँडा–१८, गुम्बाडाँडामा भएको जनजागरण अभियानमा बोल्दै प्रमुख अतिथि केसीले नेकपाको दुईतिहाईको सरकार झुटको खेति गर्दै र जनताको अमूल्य मत प्राप्त गर्दै सरकारमा गएपनि अझै झुटा आश्वाशन र झुटको खेति गरिरहेको बताए ।

नेता केसीले विश्वको ईतिहासमै एउटै पार्टीले ३ ठूला क्रान्ति गर्ने नेपालको कांग्रेस मात्रै रहेको बताउँदै, हामी एक भएर लागे विश्वबाटै पलायन भएको कम्युनिष्ट नेपालमा पनि अर्धमुर्छित अवस्थामा रहेको र चाँडै यमलोक पुग्ने बताए ।

कांग्रेस अब चुप लागेर नबस्ने बताउँदै कम्युनिष्ट सरकारले संघ, प्रदेश र स्थानीय निकायमा गरिरहेको चरम भ्रष्टाचार, शोषण, दमनको भण्डाफोर गर्दै गाउँगाउँमा जनजागरण अभियान लिएर हिडिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*