राप्रपाको दास्रो चरणको स्वाभिमान यात्रा शुक्रबारदेखि सुरु हुने

तु खबर संवाददाता
२०७६ जेष्ठ २३, बिहीबार १३:१९
file photo

मकवानपुर २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुक्रबारदेखि सुरु हुने भएको छ ।

बिहीबार मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु हुने जानकारी दिए ।

उनले यात्राको दोस्रो चरणअन्तर्गत शुक्रबार मुस्ताङको मुक्तिनाथबा ६ सुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने बताए ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्रलगायत २२ बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक उद्देश्यबाट स्वाभिमान यात्रा भइरहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*