‘काँग्रेसको लागि जागरण अभियान ट्याबलेट हो’ : प्रवक्ता शर्मा
चितवन २२ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् ।
बुधबार (आज) पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता शर्माले जागरण अभियानले काँग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने कुराको पुष्टि गर्ने बताए ।
उनले भने, ‘काँग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो ।’ योमार्फत् काङ्ग्रेसले गति लिएको भन्दै उनले , ‘काँग्रेसको गाडी स्टाट भयो । हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो । अब गाडी स्टाट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ ।’ समग्रमा जागरण अभियान सफल भएको उनले बताए ।
पहिलो चरणको जागरण अभियानको काम ८५ प्रतिशत गाउँ तहमा सम्पन्न भएको उनको भनाइ थियो ।
