नेकपा सचिवालय बैठक स्थगित

तु खबर संवाददाता
२०७६ जेष्ठ २०, सोमबार १२:५६

काठमाडौं २० जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमवार निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सत्तारुढ नेकपाको सोमवार निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित भएको हो ।

महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक स्थगनको सूचना पठाएका हुन् ।

दुई नेताबीच प्रचण्डको पछिल्लो अभिव्यक्तिपछि असमझदारी बढ्ने आशंका भइरहेका बेला सचिवालय बैठक सारेर छलफल हुन लागेको एक नेताले बताए ।

सचिवालय बैठक सम्भवतः मंगलवार बस्ने नेकपा स्रोतले जनाएको छ । ओली र प्रचण्डबीच आइतबार पनि छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*