कांग्रेसको जागरण अभियान प्रभावकारी हुन सकेन : नेता सिंह

तु खबर संवाददाता
२०७६ जेष्ठ २०, सोमबार १२:२९

काठमाडौं २० जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् ।

सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइरहेको छ ।

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता–कार्यकर्ताहरुमा निराशा छाएको उनले बताए ।

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए ।

कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*