प्रधानमन्त्री ओलीको कार्यालयमा एक्सन रुम
मकवानपुर १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । उक्त एक्सन रुमको बुधबार उद्घाटन भएको छ ।
विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् ।
प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
