जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन : सभापती देउवा
काठमाडौं १५ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै सभापती देउवाले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने बताए । ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन, उनले भने ।
सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको स्मरण गर्दै ठूलो त्याग र तपस्याबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।
