प्रधानमन्त्री ओली दिल्ली भ्रमण जाने
काठमाडौं १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो विहिबार भारत जाने भएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका हुन् ।
ओलीसँगै परराष्ट्र सल्लाहकार राजन भट्टराई साथै परराष्ट्र मन्त्रालयका अधिकारी पनि दिल्ली जानेछन् ।
भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली ‘आकस्मिक’ रुपमा दिल्ली जान लागेका हुन् ।
ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
