प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ५ लाई पराजित गर्दै प्रदेश ३ को पहिलो जित

तु खबर संवाददाता
२०७६ जेष्ठ १३,सोमबार १७:०३

मकवानपुर १३ जेठ । तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले जित हात पारेको छ ।

सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई ४ विकेटले पराजित गर्दै प्रदेश ३ ले पहिलो जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४२ ओभरमा अल आउट हुँदै १ सय २२ रन बनायो ।

प्रदेश ५ ले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २१ ओभर ५ बलमा निर्धारित लक्ष्य पुरा गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*