प्रधानमन्त्री ओलीद्वारा मोदीलाई बधाई

तु खबर संवाददाता
२०७६ जेष्ठ ९, बिहीबार १५:०५

काठमाडौं ९ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई भयंकर ठूलो जित हासिल गरेको भन्दै बधाई दिएका हुन् ।

बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४९ स्थानमा अग्रता कायम गरेको छ भने विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९२ सिटमा अग्रता कायम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*