कहिँ नभएको जात्रा हेटौंडामा, मुख्यमन्त्री/सीडिओ / नापीलगायतका कार्यालयमा सर्वसाधारणले सवारी लिएर जान नपाउने

तु खबर संवाददाता
२०७६ जेष्ठ ९, बिहीबार १०:४७
file-photo

मकवानपुर, ९ जेठ । कहिँ नभएको जात्रा हेटौंडामा सुरु भएको छ । नागरिकता बनाउन सीडिओ कार्यालय जाने, नापनक्सा निकाल्न नापी कार्यालय जाने सर्वसाधारणहरु सवारीसाधन लिएर सो कार्यालयहरुमा जान नपाउने भएका छन् ।

सर्वसाधारणहरुलाई उपमहानगरपालिका र लोकसेवा आयोग हेटौंडा कार्यालय रहेको मुखमै ट्राफिक प्रहरीले रोकिरहेको छ ।

प्रहरीका अनुसार, सोही क्षेत्रभित्र मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सीडिओ कार्यालय, जिल्ला अदालत, भवन प्रविधि कार्यालय लगायतका कार्यालयहरु भएकाले सुरक्षाको दृष्टिकोणले सर्वसाधारणलाई मोटरसाइकल वा नीजि अन्य सवारीसाधनसहित प्रवेश गर्न नपाइने व्यवस्था गरिएको हो ।

उपमहानगरपालिका अगाडिनै सवारीसाधन रोकेर सर्वसाधारणहरु नापी, सीडिओ कार्यालय वा अन्य कार्यालय जान पाउने प्रहरीले जनाएको छ । सर्वसाधारणहरुलाई निर्वाध आवतजावत गर्न दिनुपर्नेमा शक्तिको आडमा यसरी रोकिएको हो । सो क्षेत्रभित्र रहेका सबै कार्यालयहरुमा पर्याप्त पार्किङ रहेको छ ।

भित्र पार्किङ खाली राखेर सर्वसाधारणलाई रोक्नु परेकोमा प्रहरीनै सन्तुष्ट छैन । स्रोतका अनुसार, अत्यन्त कम जनशक्ति रहेको ट्राफिक प्रहरीको अन्य स्थानको डियुटी कटौती गरेर त्यहाँ राखिएको छ ।

३/४ सय मिटर वरैबाट पैदल हिड्दै सर्वसाधारण सेवा लिन जानुपर्नेछ । संकटकालमा समेत यो क्षेत्रमा सर्वसाधारणलाई सवारीसहित जान यसरी रोकिएको थिएन । तर, अहिले कार्यालयभन्दा परै सवारीसाधन राखेर हिड्दै आउनुपर्ने झन्झट गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*