मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन नेपाली काँग्रेसको माग
मकवानपुर ८ जेठ । नेपाली काँग्रेसले संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन् ।
उनले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए आफ्नो पार्टीले अघि बढाउन नदिने चेतावनी पनि दिईन् ।
उनले सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको आरोप लगाईन् ।
