माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुने राजपाको चेतावनी

तु खबर संवाददाता
२०७६ जेष्ठ ७, मंगलवार १६:२०

काठमाडौं ७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरेका हुन् ।

‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो,’ यादवले भने, ‘सभामुखबाट दुई पटक रुलिङ भइसके पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न नमान्नु दुःखद हो ।’

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुनसक्नेसमेत चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*