कस्ले लेख्यो हेउनपाको फेसबुकबाट रवि लामिछानेको बारेमा स्टाटस ?

मकवानपुर ४ बैशाख । पत्रकार रवि लामिछानेको विषयमा हेटौँडा उपमहानगरपालिकाको आधिकारीक फेसबुक पेजबाट स्टाटस पोष्ट भएपछि अहिले हेटौंडामा यस विषयले चर्चा पाएको छ ।
स्थानिय निकायको आईडीको प्रयोग गरेर यसरी लामिछानेको विषयमा स्टाटस पोष्ट भएपछि यस विषयमा टिक्काटिप्पणी समेत सुरु भएको छ ।
लामिछानेले हिजो निकिता पौडेलसँग बिबाह गरेपछि आज शनिबार १२ हेटौँडा उपमहानगरपालिकाको आईडीबाट उक्त पोष्ट भएको हो ।
पेजमा लेखिएको छ ‘ पहीले लिभिङ टुकेदर, दोश्रो कोर्ट म्यारिज, तेश्रो कोठा म्यारिज अनि आज बिहे
जे गरेनी हुने ? रबी लामीछाने र यीनका फ्यानहरु ?