पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको सभापति देउवाको दाबी
काठमाडौं ३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरेका हुन् ।
सभापति देउवाले पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाए ।
