प्रदेश राजधानी हेटौंडाबाट नसार्न माग
मकवानपुर, ०३ जेठ । हेटौंडामा रहेको ३ नम्बर प्रदेशको राजधानी अन्यत्र नसार्न माग गरिएको छ । नेपाली काँग्रेसकी साँसद गिता वाग्लेले राजधानी अन्यत्र सार्न सत्ता पक्षकै साँसदहरु लागिपरेको आरोप लगाएकी आजको हेटौंडा सन्देश दैनिकमा खबर छ ।
प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यविधिमाथि प्रदेशसभामा छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री डोरमणि पौडेलको राजनीति सक्न सत्तापक्षका साँसदहरुले राजधानी सार्न खोजेको आरोप लगाइन् ।
हेटौंडाबाट राजधानी सार्न खोजे झिल्कोबाट डढेलो लगाएजस्तै हुने उनले चेतावनी दिएकी छिन् । साँसदहरुलाई हेटौंडा आउन दुख भए घरमै बस्न उनले व्यङ्ग्य समेत
गरिन् ।
