सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने
बुटवल २९ वैशाख । पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् ।
आज (आइतबार) रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीले सो कुरा बताएकी हुन् ।
मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ अध्यक्षसमेत रहेकी उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताईन् ।
