सांसद सिंहको सरकारलाई प्रश्न : कानुनी व्यवस्था किन उलंघन गर्यो ?

तु खबर संवाददाता
२०७६ बैशाख २६, बिहीबार १६:२८

काठमाडौं २६ वैशाख । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न माग गर्दै सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको भनि सरकारलाई प्रश्न गरे ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि स्पष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*