मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको हो : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७६ बैशाख २४, मंगलवार १४:५१

काठमाडौं २४ वैशाख । प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शव्दावली जानीबुझि नै राखेको प्रष्टिकरण दिएका छन् ।

मंगलबार संघीय संसदमा मेरो सरकार शव्दप्रति आएका टिप्पणीको जवाफ दिँदै प्रम ओलीले जानेर, बुझेर र अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुसार नै मेरो सरकार भनेर राखिएको बताएका हुन् ।

जनताका प्रतिनिधिले राष्ट्रप्रमुखको हैसियतमा मेरो सरकार भन्नु बाञ्छनीय हुन्छ । राष्ट्रपतिले ढुक्कले भन्ने हो मेरो देश, मेरो सरकार, मेरो धर्ती । राष्ट्रपतिले आफू मातहतको सरकारलाई मेरो सरकार भन्दा अल्मलिनु पर्दैन,’ प्रधानमन्त्रीले प्रष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*