समाजवादी पार्टीको पदाधिकारीमा आए यस्ता अनुहार

तु खबर संवाददाता
२०७६ बैशाख २३, सोमबार १९:३६

काठमाडौँ, २३ वैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकिकरण सम्पन्न भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने घोषणा भयो । पार्टीको सहअध्यक्ष राजेन्द्र श्रेष्ठ छानिएका छन् । अशोक राई बरिष्ठ नेता भएका छन् ।

उपाध्यक्षहरुमा परशुराम खापुङ, नवराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, हिसिला यमी, रेणुकुमारी यादव, हेमराज राई र लालबाबु राउत छन् ।
गंगानारायण श्रेष्ठ, रघध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव महासचिव घोषित भएका छन् ।

समाजवादी पार्टीमा उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी तथा सचिवमा दूर्गा सोब, मोहम्मद इस्तियाक राई, परशुराम बस्नेत र प्रसान्त सिंहको नाम सार्वजनिक गरिएको छ । कोषाध्यक्षमा विजयकुमार यादव छनौट भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*