काँगेसले सच्यायो परिपत्र, जागरण अभियान आगामी वैशाख २५ गतेदेखि शुरु हुने

तु खबर संवाददाता
२०७६ बैशाख २३, सोमबार १४:४४

काठमाडौँ २३ वैशाख । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काँग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो ।

काँग्रेसले एक महीने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा शुरु गर्न लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*