विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ
गाेरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज योकेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् । पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतबार साँझ उनीहरुलाई पक्राउ गरिएको एसपी भोला रावलले जानकारी दिए ।
उनीहरुलाई राज्यद्रोह मुद्दा दर्ता गरी कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकामा समाचार छ ।
