विदेशी लगानी प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७६ बैशाख २०, शुक्रबार १३:३९

काठमाडौं २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विदेशीहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्दै लगानीको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताएका छन् ।

उनले जनताको सुखसहितको समृद्धि चाहेको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको साझा सपना भएकाले त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी पनि गरेका छन् ।

शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग आफ्नै सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा प्रधानमन्त्रीले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

प्रधानमन्त्री ओलीले नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने पनि स्पष्ट पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*