निर्धक्क भएर खानुस् कुखुराको मासु र अण्डा: चिकित्सक

तु खबर संवाददाता
२०७६ बैशाख २०, शुक्रबार ०८:४६

बर्डफ्लूका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान हिचकिचाएका उपभोक्ताहरुलाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग लाग्ने सम्भावना नहुने चिकित्सकको भनाई छ।

कुखुराको अण्डा र मासु पकाउँदा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने चिकित्सकहरु बताउछन। स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले कुखुराको मासु र अण्डा कम्तिमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने जानकारी दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक एवं सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बर्डफ्लू कारण कुखुराको मासु वा अण्डा खानै नहुने भन्ने भ्रममा पर्न आवश्यक नभएको बताए।।‘एक सय डिग्री सेल्सियस नभई उसिनेको अण्डा पाक्दैन। यसले गर्दा अण्डा खानै नहुने भन्ने होइन।’

बर्डफ्लूको संक्रमणबाट एक युवकको मृत्यु भएको सार्वजनिक भएपछि कुखुराको अण्डा र मासु खान उपभोक्ताहरु हिचिकिचाएका छन। बर्ड फ्लूको संक्रमणपछि गत चैत १५ गते उनको निधन भएको थियो।

को छन, जोखिममा ?

पोल्ट्रि फार्म सञ्चालक किसान, मासु विक्रेता बढी जोखिम हुने चिकित्सकको भनाइ छ। डा. लालकाअनुसार कुखुराको काँचो मासु काँटछाँट गर्ने वा पकाउने व्यक्तिले नाङ्गो हात, खुला नाकमुख गरी मासु चलाउन हुँदैन। हातमा पञ्जा, मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा रोगको जाखिम कम हुन्छ।

मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन, पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण गर्नु पनि बर्डफ्लूको रोग संक्रमणबाट बच्ने उपाय भएको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. लालले बताए।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*