आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार हुने

तु खबर संवाददाता
२०७६ बैशाख १९, बिहीबार १६:४६

काठमाडौं १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेटमा पनि छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*