फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरणको तयारी
काठमाडौं १८ वैशाख । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ ।
नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको फोरम नेपाल पार्टी कार्यालय स्रोतले जनाएको छ ।
एकीकरणको विषयमा दुई दलको वार्ता समितिको बीचमा सहमति भइसकेको छ, त्यसलाई पार्टीको आधिकारिता दिनका लागि नयाँ शक्ति नेपालले वैशाख २० गते सचिवालयको बैठक बोलाएको छ ।
त्यस्तै त्यही विषयमा छलफल गर्नका लागि फोरम नेपालले वैशाख २१ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
