नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने
काठमाडौं १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने बताएका छन् ।
फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा प्रदेश २ सरकार बन्न सक्ने बताएका हुन् ।
ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’
नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने उनले बताए । प्रचण्डले सरकारले आगामी नीति तथा कार्यक्रममा तराई मधेसका लागि विशेष प्याकेजको व्यवस्था गर्नेबारे पार्टीमा छलफल भएको जानकारी दिए ।
