ज्वाला पक्राउ प्रकरण – विधि र शासनको उल्लङ्घन भयो : अधिवक्ता गौतम

तु खबर संवाददाता
२०७६ बैशाख १६, सोमबार १९:०५

मकवानपुर १६ वैशाख । अधिवक्ता केशव गौतमले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई पक्राउ गरेर मकवानपुर प्रहरीले विधि र शासनको उल्लघंन गरेको बताएका छन् ।

उनले तु खबरसंग प्रतिक्रिया दिँदै भने ‘ प्रहरीले आज ज्वालालाई पक्राउ गरेको घटना नेपालको संविधानको प्रस्तावना विपरित छ , प्रहरीले विधि र शासनको उल्लघंन गरेको छ । ’

उनले जिल्ला अदालतले धरौटीमा रिहाई गरेको मानिसलाई विना अभियोग पक्राउ गर्नु विधि र शासनको उल्लघंन गर्नु बराबर भएको बताए । प्रशासनले गलत तरिकाले उनलाई पक्राउ गरेको छ, उनले भने । उनले राजनीतिक पूर्वाग्रह राखेर ज्वालाई पक्राउ गरिएको हुनसक्ने बताए ।

ज्वालालाई शसस्त्र प्रहरीले चैत्र २८ गते हेटौंडा ८ बाट पक्राउ गरेको थियो । उनलाई चैत्र २९ गते हातहतियार तथा बिस्फोटक पदार्थसम्बन्धी अभियोग लगाएर अदालत पेश गरेको थियो ।
अदालतको आदेश बमोजिम ज्वालाले आईतबार धरौटी रकम बुझाएपछि आज उनलाई रिहाई गरिएको थियो । अदालतबाट रिहाई भएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

अदालतमै ज्वालाले भने ‘सरकारकै कारण नेपाली जनता असुरक्षित’

भर्खरै : अदालतबाट छुटेलगत्तै फेरी पक्राउ परे ज्वाला

यसरी बित्यो अदालतमा ज्वालाको १९ मिनेट

अपडेट : २८ गते पक्राउ परेका ज्वाला ३० गतेको घटनामा आरोपी

ज्वाला पक्राउ प्रकरण – विधि र शासनको उल्लङ्घन भयो : अधिवक्ता गौतम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*