नागरिकता विधेयकविरुद्ध माइतीघर मण्डलामा बृहत् प्रदर्शन
काठमाडौं १६ वैशाख । आगामी आईतबार काठमाडौंको माइतीघर मण्डलामा नागरिकता विधेयकविरूद्ध बृहत् प्रदर्शन हुने भएको छ ।
विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनैतिक पार्टी र संघसस्थाको संयुक्त आयोजनमा प्रदर्शन हुने भएको हो ।
आईतबार दिउँसो २ बजेपछि दलहरुले राष्ट्रघाती नागरिकता विधेयकका विरूद्ध बृहत् जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकमा गएर कोणसभा गर्ने छन् ।
