‘खुलामन्च हडप्नेलाई पाता कसौँ’ भन्दै यसरी भए बाबुराम ‘फायर’…

तु खबर संवाददाता
२०७६ बैशाख १४, शनिबार ०७:५४
file-photo

काठमाडौं, १४ बैशाख । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले काठमाडौंको खुलामन्च हडप्नेहरुलाई पाता कस्नु पर्ने जनाएका छन् ।

बिसं २०४१ सालको खुलामन्च र सन् २०१८ को खुलमञ्चको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दे नेता भट्टराइले खुलामन्चलाई खुला गर्नुपर्ने उल्लेख गरेको हुन् । बाबुरामले पोष्ट गरेको तस्विरमा २०४१ को खुलामन्च निकै खुला छ भने सन् २०१८ को तस्वीरमा खुलामन्च साघुँरिदै गएको र घरैघरले भरिएको देखिन्छ ।

बाबुरामले काठमाडौंलाई प्राणवायु प्रदान गर्ने र जनतालाई लोतान्त्रिक अधिकार प्रत्याभूत गर्ने ऐतिहासिक खुलामन्च भूमाफिया र तिनका सत्तासीन मतियारहरुले हाकाहाकी लुट्नु जघन्य अपराध र देशद्रोह भएको उल्लेख गरेका छन् ।

झिल्कोमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*