सरकार एक्लैको प्रयासबाट मुलुकको विकास नहुने : बाबुराम भट्टराई
काठमाडौं १३ वैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने स्पष्ट पारेका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्याउने काम निजी क्षेत्रले नै गर्नुपर्ने तर्क समेत गरे ।
त्यसका लागि सरकारले पूर्वाधार विकास र आवश्यक नीति÷कानुनको तर्जुमा गरिदिनुपर्ने संयोजक भट्टराईको भनाई छ ।
संयोजक भट्टराईले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन तुलानात्मक लाभका क्षेत्रहरुको पहिचान गरी लगानी गर्न पनि व्यवसायीहरुलाई आग्रह गरे ।
