एकीकरणका बाँकी काम टुङ्ग्याउन नेकपा सचिवालयको बैठक आईतबार बस्ने

तु खबर संवाददाता
२०७६ बैशाख १३, शुक्रबार १५:१८

काठमाडौं १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । एकीकरणका बाँकी काम टुङ्ग्याउन सचिवालयको बैठक आईतबार बस्न लागेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवत्ता श्रेष्ठका अनुसार यसअघिकै सचिवालय बैठकले पोलीटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरण प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षलाई दिइएको श्रेष्ठले बताए ।

‘आइतबारसम्म अध्यक्षले पोलिटव्युरो सदस्यको नामावली, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरणबारे प्रस्ताव तयार गर्नुहुन्छ । र, सोही दिन बस्ने सचिवालय बैठकले त्यसउपर छलफल गरेर निर्णय गर्छ,’ प्रवत्ता श्रेष्ठले भने, ‘पहिला पोलीटव्यूरो गठन नभै केन्द्रीय सदस्यको कार्यविभाजन हुदैँन ।’

पार्टी एकताको ११ महिनामा बल्ल नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । त्यसबाहेक सचिवालय, केन्द्रीय कमिटी, स्थायी कमिटी र प्रदेश कमिटी यसअघि नै टुंगाएको थियो ।

आइतबार बस्ने बैठकले राजनीतिक प्रतिवेदन र विधानबारे पनि छलफल गर्ने प्रवत्ता श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*