मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोड सुरु गरे : प्रधानमन्त्री ओली
काठमाडौं १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।आज (शुक्रबार) पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मनमोहनले सुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔँ’ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । “मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो,” प्रधानमन्त्री ओलीले भने, “उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पूरा गर्छ ।”
प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए ।
