पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं : प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७६ बैशाख १२, बिहीबार ११:२२
file-photo

काठमाडौं १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा पूरा हुने दाबी गरेका छन् ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

गोरखा भूकम्पको वार्षिकीमा प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’

गोरखा भूकम्पले सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*