काँग्रेस प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको ओलीको भनाई, आज काँग्रेस कहाँ पुग्यो ?

तु खबर संवाददाता
२०७६ बैशाख ९, सोमबार १५:२१
file-photo

मकवानपुर ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रगतिशील र बामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिकृयावादी शक्तिहरुसँग घाँटी जोडेको आरोप लगाएका छन् ।

पार्टीको ७० औं स्थापना दिवसको अवसरमा तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको बताएका हुन् ।

‘आज काँग्रेस कहा पुग्यो ?,’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र लाग्छ कुनै पनि लोकतनत्रबादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवहरुमा हुन्छ तर मान्छेमान्छेका बीचमा जन्मदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*