राप्रपा सरकारसँग वार्ता गर्न तयार, बोहराको नेतृत्वमा तीन सदस्यीय टोली गठन

तु खबर संवाददाता
२०७६ बैशाख ९, सोमबार १२:४२

काठमाडौं ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  सरकारसँग वार्ता गर्न तयार भएको छ । सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*