मधेशलाई अधिकार सम्पन्न बनाउन पार्टी गठन

तु खबर संवाददाता
२०७६ बैशाख ९, सोमबार ११:२२
file-photo

राँझा ९ वैशाख । नवगठित जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशलाई अधिकार सम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् ।

बाँकेको जानकी गाउँपालिका–६, गनापुरस्थित कपासीमा आयोजित आमसभामा राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।’

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*