सामावेशी आयोग सदस्य ओझाले भनिन् – असहायहरुको हितमा काम गर्छु

तु खबर संवाददाता
२०७६ बैशाख ८, आईतवार १९:५३

मकवानपुर ८ वैशाख । मानव अधिकारवादी महिला नेतृ बिष्णु ओझा राष्ट्रिय समावेशी आयोगको सदस्यमा मनोनित भएकी छिन् । ओझाले आज आयोगको सदस्यको रुपमा सपथ ग्रहण समेत गरेकी छिन् ।

उनलाई आयोगका अध्यक्ष शान्तराज सुवेदीले सपथ ग्रहण गराएका हुन् । उनले आजैबाट पदभारसमेत ग्रहण गरेकी छिन् ।

तु खबरसंग कुराकानी गर्दै ओझाले नेपालको संविधानको पालना गर्दै असहाय, गरिव, भौगोलिक अवस्थाले पछाडी परेकाहरुका लागि काम गर्ने आफ्नो योजना रहेको बताईन् ।
उनले पहिला आयोगमा सबै सदस्यहरु मनोनित भएपछि अध्ययन र छलफल गर्ने अनि तीब्र गतिमा काम गर्ने बताईन् ।

४ सदस्य रहने आयोगमा हालसम्म ओझामात्रै मनोनित भएकी छिन्। उनीबाहेक अब ३ जना सदस्य मनोनित हुन बाँकी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*