विप्लवका केन्द्रीय नेता विरहीले यस्तो भनेपछि…
काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता अनिल शर्मा विरहीले वार्ताको हल्ला चलाएर आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।
अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेकोमा उनले आपत्ति जनाएको समाचार आज रातोपाटी ले लेखेको छ । सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज समेत रहेका विरहीले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् ।
उनले विप्लवलाई सरकारसँग वार्तामा बस्न दवाव दिएको भनी समाचारहरु सार्वजनिक भएपछि नेता विरहीले त्यसलाई अस्वीकार गरेका हुन् ।
भ्रम फैलाएर सरकार पार्टी फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको आरोप विज्ञप्तीमार्फत् लगाएको समाचारमा उल्लेख छ । तु खबरले नेता विरहीसँग सम्पर्क प्रयास गरेको थियो । उनीसित सम्पर्क हुन सकेको छैन ।
