साँसद विरोधको पहलमा विजुलीको लागि ३६ लाख आयो

तु खबर संवाददाता
२०७६ बैशाख ८,आईतवार १६:३७

मकवानपुर, ०८ वैशाख । प्रतिनिधिसभा २ का साँसद विरोध खतिवडाको पहलमा मकवानपुरको विकट मनहरी वडा नं. ६ रुपाचुरी वालुभञ्ज्याङको लागि विजुली व्यवस्थापनका गर्न ३६ लाख ४८ हजारको योजना स्वीकृत भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सो ठाउँमा विजुली वत्तिको व्यवस्थापन कार्य गर्नको लागि योजना स्वीकृत गरी हेटौंडा वितरण केन्द्रमा पठाएको छ ।

चार सय घरधुरीका व्यक्तिहरु लाभान्वित हुने यो परियोजनाबाट भोल्टेल सुधार र नयाँ लाइन विस्तारको काम हुने नेकपा निकट युवा संघ प्रदेश सचिवालय सदस्य नविन सुवेदीले बताए । सुवेदीका अनुसार, सो ठाउँमा विजुली विस्तारको कामका लागि यो महत्वपूर्ण सहयोग हुनेछ । यसबाट अन्धकारमा रहनु पर्ने बाध्यताबाट नागरिकलाई केही राहत हुने छ ।

मनहरी गाउँपालिकाले खानेपानी विस्तारको लागि सो क्षेत्रमा केही रकम विनियोजन गरेको छ । अब विजुली बिस्तार भएपछि खानेपानीको प्रबन्धमा समेत सहयोगी हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*