जनप्रतिनिधि पनि जिल्ला अध्यक्ष बन्न पाउने सहमति हुँदै
मकवानपुर, ०८ वैशाख । सोमबार २२ अप्रिलको दिन कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसर पारेर जिल्ला अध्यक्ष, सचिव र पोलिटव्यूरो सदस्यको नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
आज सो विषयमा छलफल चलिरहेको छ । आज बालुवाटारमा शीर्ष नेताहरुबीच यस विषयमा छलफल चलेको अनलाइन खबरले लेखेको छ । जनप्रतिनिधिलाई जिल्ला अध्यक्ष हुन नरोकिने सहमति भएको समाचारमा उल्लेख छ ।
