सरकारले सबैलाई दुःख दिएको सभापती देउवाको दाबी

तु खबर संवाददाता
२०७६ बैशाख ६, शुक्रबार १५:३४
file photo

काठमाडौं ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सबैलाई दुःख दिएको दाबी गरेका छन् । शुक्रबार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारले सबैलाई दुःख दिएको दाबी गरेका हुन् ।

उनले भने, ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।’

सभापति देउवाले नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिएका छन् ।