राप्रपाले आज देशभर विरोध प्रदर्शन गर्ने
मकवानपुर ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (शुक्रबार) उपत्यकासहित ७४ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।
हिन्दू राष्ट्र पुनः कायम गर्नुपर्ने लगायतका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले काठमाडौं उपत्यकाका तीन जिल्लाको रत्नपार्कमा र बाँकी ७४ जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
पार्टी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रममा धर्मनिरपेक्षतासम्बन्धी व्यानर तथा पोष्टर जलाउने कार्यक्रम रहेको श्रेष्ठले बताए । कार्यक्रम दिउँसो २ बजेपछि हुनेछ ।
