बन्द सफल भएको विप्लवको दाबी
काठमाडौं ६ वैशाख । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवले वैशाख ५ गते आव्हान गरेको नेपाल बन्द सफल भएको दावी गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपाल बन्द सफल भएको दावी गरेको हो ।
साथै उक्त पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सबै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ पनि गरेको छ ।
