सुरक्षाकर्मी नै छक्क, बम भनिएको प्रेसर कुकरमा के थियो ?

तु खबर संवाददाता
२०७६ बैशाख ५, बिहीबार १६:४४

मकवानपुर ५ वैशाख । विप्लव नेतृत्वको नेकपाले आज विहीवार आह्वान गरेको नेपाल वन्दको क्रममा विहानै मकवानपुरको दुई स्थानमा प्रेसर कुकर वम राखिएको सूचना सार्वजनिक भएको थियो । सो कुकरभित्र पड्किने बस्तु के थियो त ? यस विषयमा हामीले सुरक्षा अधिकारीहरुलाई जिज्ञासा राखेका थियौँ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालय अगाडि र  तिनताप्केमा राखिएको प्रेसर कुकरमा विस्फोटक पदार्थ केही पनि फेला परेन । भेटिएको प्रेसर कुकर भित्र गिलोपिठो भेटिएपछि सुरक्षाकर्मीनै छक्क परेका छन् ।

सुरक्षाकर्मीले डिस्पोज गर्नुअघि त वमनै होला भनेर  स्थानीय त्रसित समेत भएका थिए । नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा कुकरभित्र गिलो पिठो भेटेपछि सुरक्षाकर्मीनै  छक्क परे ।

तिनताप्केमा पनि सेनाले डिस्पोजको क्रममा कुकरभित्र बालुवाको धुलो र तारहरु फेला पारेको थियो ।

सुरक्षा स्रोतले तु खबरलाई बताए अनुसार, विस्फोटक पदार्थले भरिएको कुकर होला भनेर डिस्पोजको लागि टोलीलाई घटनास्थल पठाइएको थियो । सुरक्षाकर्मीले सतर्कता अपनाएर सो वस्तुभित्र पड्किने केही सामग्री होला भन्ने आधारमा विशेष सावधानी पनि अपनाएका थिए । तर, प्रेसर कुकरमा खास त्यस्तो विस्फोट हुने वस्तु केही पनि थिएन । गिलो पिठो, वालुवाको धुलो र केही तारहरु मात्रै फेला परेका थिए ।

यो पनि पढ्नुहोस्

औद्योगिक क्षेत्रमा बन्दको प्रभाव शुन्य

बन्दको प्रभाव : त्यस्तो हेटौँडा आज यस्तो देखियो

मकवानपुरमा बन्दको प्रभाव, तिनताप्केमा भेटियो प्रेसर कुकर बम

हेटौंडा- ८ को वडा कार्यालय अगाडि प्रेसर कुकर बम !

बन्दकर्ता समाउन प्रहरी परिचालन गरेका छौं : एसपी सिंह