हेटौंडा- ८ को वडा कार्यालय अगाडि प्रेसर कुकर बम !
मकवानपुर, ०५ वैशाख । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ वडा कार्यालय भवन अगाडि प्रेसरकुकर बम फेला परेको छ ।
वडा कार्यालयको गेट अगाडि प्रेसरकुकर राखिएको छ । प्रहरी घटनास्थल पुगेको छ । सो प्रेसरकुकर कसले त्यहाँ राखेको हो खुलेको छैन । थप विवरण आएको छैन ।
