फोरम–राजपा एकताका लागि छलफल सुरु
काठमाडौं ४ वैशाख । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकताका लागि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी एकताका लागि दुबै दलले बनाएका वार्ता समितिले अनौपचारिक छलफल सुरु गरेका हुन् ।
फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा महासचिव रामसहाय यादव, रकम चेम्जोङ, महेन्द्र थापा, मोहम्मद इस्तियाक राई र प्रकाश अधिकारी रहेको ६ सदस्यीय वार्ता समिति बनाएर राजपालाई औपचारिक पत्र पठाएको थियो ।
फोरमको पत्रपछि राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ ।
