नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने
काठमाडौँ ३ वैशाख । प्रमुख प्रतिपक्ष दल काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राष्ट्रिय जागरण अभियानको घोषणा गर्न लागेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेस नेताहरुका अनुसार जागरण अभियान तीन चरणमा हुनेछ । पहिलो चरणको अभियान वैशाख ११ गते सुरु गर्ने तयारी छ । कार्यक्रम र समयतालिकाको औपचारिक घोषणा आज मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी छ ।
