नयाँ वर्षमा मुख्यमन्त्री पौडेलको शुभकामना सन्देश
मकवानपुर १ बैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको जनाएका छन्। “प्रदेश सरकार प्रदेश भित्रका राजनीतिक, मानवीय, भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतसाधनको पहिचान र उपयुक्त तरिकाले परिचालन गरी लक्षित दीर्घकालीन सोच “स्वस्थ सुसंस्कृत र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश निर्माणमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलले शुभकामना सन्देशमा भनेका छन् ।
यसका लागि प्रदेशवासी नागरिकहरुको सकारात्मक सोच र रचनात्मक सहयोग, उत्साहजनक सहभागिता र स्वस्थ आलोचनाको अपेक्षा गरेको छु सन्देशमा उल्लेख छ ।
